Logo
Logo

ललितपुरको मेयरमा चिरिबाबु नै कांग्रेसको उम्मेदवार


882
Shares

ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै दोहोर्याउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट पक्का गरेका हुन् । यसअघि मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम चर्चामा आएको थियो ।

उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार कांग्रेसले महर्जनलाई नै पक्का गरेको हो । महर्जनले आजै उम्मेदवारी मनोनयन दर्ता गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्