Logo
Logo
स्थानीय तह निर्वाचन

कांग्रेसमा आन्तरिक भागबन्डा- देउवा, सिंह र कोइरालालाई एक-एक महानगर



काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी छनोट गर्न कांगे्रेसलाई हम्मे-हम्मे पर्यो । मनोनयको अन्तिम दिन आज कांग्रेसले बल्ला महानगरको उम्मेदवार टुंगो लगाएको छ ।

सत्तारुढ गठबन्धनबीच भागबन्डा हुँदा कांग्रेसले ६ मध्ये ३ महानगरको प्रमुृख पाएको छ । जसमा कांग्रेसले काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा नागेश कोइरालालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

लामो समयसम्म कांग्रेसले महानगरमा उम्मेदवार टुंगो लगाउन नसक्नुको कारण आन्तरिक भागबन्डा बन्यो । अन्तिममा सभापति शेरबहादुृर देउवा र नेताद्धय प्रकाशमान सिंह र शेखर कोईरालाले एक÷एक महानगर लिएर आन्तरिक भागबन्डा टुंग्याएको हो ।

भागबन्डा अन्र्तगत सभापति देउवाले ललितपुर, नेता सिंहले काठमाडौं र नेता कोइरालाले विराटनगर पाएका छन् ।

काठमाडौंबाट उम्मेदवार बनेका सिर्जना नेता सिंहका श्रीमती हुन् । तर, सिर्जना लामो समयदेखि कांग्रेस राजनीतिमै क्रियाशिल छन् ।

त्यसैगरी सभापति देउवाको कोटाबाट ललितपृुरमा मेयरको टिकट पाएका चिरिबाबु दोस्रोपटक उम्मेदवार बनेका हुन् । यसअघि मेयरका रुपमा राम्रो छवि बनाएका चिरिबाबुले दोस्रोपटक अवसर पाएका हुन् ।

त्यसैगरी विराटनगर महानगरमा मेयरको टिकट पाएका नागेश्वर कोइराला शेखर निकट नेता हुन् ।

कांग्रेसको मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा कोइराला र सिंह दुवै सभापतिका उम्मेदवार थिए । अन्तिम अवस्थामा नेता सिंहले सभापतिका लागि देउवालाई सहयोग गरेका थिए । तर, कोइराला भने देउवासँग पराजित भएका हुन् ।

महानगरको टिकट बाँडफाँटका क्रममा सभापति देउवाले नेता सिंहलाई काठमाडौंको मेयर दिएर महाधिवेशनमा लगाएको गुन तिरेका छन् । नेता कोइरालाले भने पार्टीभित्र अन्तरसंघर्ष गरेरै भाग लिएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्