Logo
Logo

स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गठबन्धन सफल : माओवादी


882
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष परिस्थीतिमा बनेको गठबन्धन सफल हुँदै गएको जनाएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गठबन्धन सफल भएको भन्दै केही विषयमा सहमति खोज्ने प्रयास जारी रहने बताए ।

उनले वैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने बताए । महराले बाहिर प्रचार गरिएजस्तो गठबन्धन टुट्ने अवस्था नरहेको समेत बताए ।

उनले स्थानीय तहका निर्वाचनका लागि अपिल जारी रहेको र माओवादीले स्थानीय तहबाट नै घोषणा पत्र निकाल्ने बताए । त्यस्तै उनले असन्तुष्ट पक्षसंग निरन्तर छलफल हुने जिकिर गरे ।

उनले भरतपुर, तुलसीपुर लगायतका विभिन्न स्थानमा गठबन्धनको उम्मेद्वारले उत्साहपूर्ण मनोनयन दर्ता गरेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्