Logo
Logo

वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमानको उम्मेदवारी


2.6k
Shares

वीरगन्ज । वीरगन्ज महानगरको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)बाट राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस पर्साका सचिव आलमलाई कांग्रेसले आज उम्मेदवार बनाएको थियो ।

वीरगन्ज महानगरपालिकामा सत्तागठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडिरहेका छन्।

सिंह ०७४ मा निर्वाचनमा तत्कालीन राजपा नेपालबाट मेयरमा चुनाव लडेर पराजित भएका थिए । सिंहको मनोनयन दर्तामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदीप यादव सहभागी भएका थिए ।

नेकपा एमालेको तर्फबाट भने विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्