Logo
Logo

हेटौँडामा गठबन्धन तोडेर जसपाले दर्ता गर्‍यो मेयर र उपमेयरको उम्मेदवारी


8.4k
Shares

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)ले सत्तारुढ गठबन्धन तोडेर छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

जसपाका तर्फबाट मेयरमा दीपा लामा र उपमेयरमा हरिहर खतिवडाले उम्मेदवारी दर्ता गराएका हुन् । हेटौँडा उपमहानगरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामाले मेयरमा र नेपाली कांग्रेसका राजेश बानियाँले उपमेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

जसपाले छुट्टै उम्मेदवारी दर्ता गराएपछि गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मात्र भएका छन् ।

प्रतिक्रिया दिनुहोस्