Logo
Logo

मनाङको ङिस्याङ गाउँपालिका-९ मा माओवादीका उम्मेदवार निर्विरोध


2.6k
Shares

मनाङ । नेकपा माओवादी केन्द्रबाट मनाङको ङिस्याङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्षमा चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । सोमबार मनोनयन दर्ता गर्नेक्रममा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

गाउँपालिकाका तीनजना एमाले, कांग्रेस समर्थित समेत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । वडाबाटै सल्लाह गरेर उम्मेदवारी दर्ता गर्न गएकाले अरु कसैको उम्मेदवारी नपरेको गुरुङले बताए । ङिस्याङका गुरुङ सबैभन्दा पहिलो निर्विरोध निर्वाचित हुने वडा अध्यक्ष भएका छन् ।

निर्विरोध भएका उम्मेदवारको नाम निर्वाचन आयोगले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्