Logo
Logo
स्थानीय तह निर्वाचन

१ लाख ४ हजार जनाको उम्मेदवारी दर्ता


2.5k
Shares

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि लाखभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार र सोमबार गरिएको मनोनयको संख्या निर्वाचन आयोगले सोमबार राति ११ बजे सार्वजनिक गरेको हो ।

जसमा सबैभन्दा बढी मधेश प्रदेशमा २४ हजार १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसपछि प्रदेश १ मा १८ हजार ४ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै लुम्बनी प्रदेशमा १७ हजार सात सय २० जनाले, बागमती प्रदेशका स्थानीय तहमा १७ हजार २ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ९ हजार २० र कर्णाली प्रदेशमा ८ हजार नौ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा कम गण्डकी प्रदेशमा ८ हजार ५ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्