Logo
Logo

गृहसचिवका कारण राष्ट्रपति बदनाम


20.7k
Shares

काठमाडौं । आइतबार घुससहित पक्राउ परेकी मालपोत अधिकृतलाई गृहसचिव टेकनारायण पाण्डेले विभूषण दिलाएको खुलेको छ । मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा लेखा पनेरु महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डेढ लाख घुससहित पक्राउ गरेको छ ।

उनै पनेरुलाई गत बैशाख १ गते जनताको उत्कृष्ट सेवा गरेको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले विभूषित गरेकी थिइन् । यस्तो घुस्याहा कर्मचारीलाई कसरी विभूषण दिइयो भनेर हाल सर्वत्र आलोचना भइरहेको छ । विभूषण सिफारिस गर्ने गृह मन्त्रालयमा समेत यो विषयमा छलफल भएको छ ।

स्रोतका अनुसार गृहसचिव टेकनारायण पाण्डेले नै उनलाई विभूषण दिलाएका हुन् । पाण्डे यसअघि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । त्यहाँ हुँदा मालपोत अधिकृत महतलाई सघाएका थिए । पछि उनी गृह आएपछि त्यही चिनजानको आधारमा विभूषण दिलाएको स्रोत बताउँछ । जून घटनाले समग्र विभूषणकै ओज घटेको छ भने उनलाई विभूषणको सिफारिस गर्ने सरकार समेत बदनाम भएको छ । उनीमात्र नभई चलखेलका आधारमा एक सय भन्दा धेरैलाई यस पटक विभूषण दिइएको स्रोत बताउँछ ।

गृहसचिवले ‘दैनिक १० हजारसम्म सुराकी खर्च खल्तीमा हाल्नुहुन्छ’, एक कर्मचारी भन्छन्, ‘त्यसैमा उहाँ मख्ख हुनुहुन्छ ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000