Logo
Logo

गठबन्धनको नेतृत्वले घोराही नगरको मुहार फेर्छ- महरा


4k
Shares

घोराही । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण भएको बताएका छन् ।

संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले बुधवार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि महराले प्रतिगमनवि?द्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताएका हुन् ।

ठबन्धनले जनताका आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा कामलाई पनि पूरा गर्ने दायित्व बोकेको बताए ।
देश अप्ठ्यारोमा परेको बेला जहिले पनि कांग्रेस र माओवादीले निकास दिँदै आइरहेको भन्दै महराले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पनि काँग्रेस र माओवादीको नेतृत्वबाट सम्भव भएको बताए । घोराही नगरको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वको ज?री रहेको भन्दै महराले गठबन्धनले सक्षम र कुशल नेताह?लाई नगरमा पठाएको बताए ।

गठबन्धन पराजय भए मुलुकले नै पराजय व्यहोर्ने भन्दै नेता महराले मुलुकको आगामी भविष्य निर्धारणका लागि गठबन्धनले जित्नुपर्ने धारणा राखे । प्रतिगमनकारीह? जनताको अधिकारमाथि कू गरी मुलुकलाई अन्योल र अस्थिरतातर्फ लैजान खोजेकाले प्रतिगमनकारीवि?द्ध सशक्त भई प्रतिकार गर्नुपर्ने बेला आइसकेको उनको भनाइ रहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले गठबन्धनमा आवद्ध दलह?बीच सिद्धान्त फरक भए पनि राष्ट्रियताको सवाल समान रहेकाले प्रतिगमनकारी शक्तिलाई हराउन र गठबन्धनका उम्मेद्वारह? जिताउनु पर्नेमा जोड दिए । प्रतिगमनकारीबाट मुलुकलाई जोगाउन सत्ता?ढ गठबन्धनले स्थानीय सरकारदेखि केन्द्रसम्म प्रतिगामी शक्तिबाहेकको सरकार बनाउनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटाले गठबन्धनको जीत नै मुलुकको जीत भएको बताए । मुलुकलाई भविष्यको यात्रा तय गर्ने साझा संकल्पका साथ गठबन्धन उभिएको भन्दै देवकोटाले गठबन्धनकारी शक्तिका बीचमा भावनात्मक एकताको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य निर्मल आचार्यले गठबन्धन माथि कुनै शंका नगरी वडादेखि उपहानगरसम्म बिजयी बनाउन कार्यकर्ताह?लाई आग्रह गरे ।

गठबन्धनको तर्फबाट घोराही उपमहानगरको मेयरका उम्मेदवार माओवादी नेता हेमराज शर्मा पोख्रेल (डायमण्ड)ले आम नागरिकको जीवन र अवस्था बदल्न आफूह? प्रतिवद्ध भएर काम गर्ने बताए ।

शर्माले विकासमा समान वितरण गर्ने र पछि परेका वर्ग, क्षेत्र, समुदाय र भूगोललाई प्राथमिकता दिने बताउँदै कृषि क्षेत्रमा विशेष प्राथमिकता दिने, विपन्न वर्ग, समुदाय र क्षेत्रको अवस्थामा परिवर्तन ल्याउने र सहरी क्षेत्रको उचित व्यवस्थापनमा पनि विशेष जोड दिइने प्रतिवद्धता जनाए ।

गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार कांग्रेसका नेता भुपबहादुर डाँगीले घोराहीमा समृद्धिको लहर ल्याउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्