
काठमाडौं । चितवनको नारायणगढ बजारस्थित कमलनगर चोकमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा गएरातिदेखि लागेको आगो आज बिहानसम्म पनि निभेको छैन ।
चितवनका प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
डिएसपी नरहरी अधिकारीका अनुसार प्रहरीले आगो लागेको जानकारी आज बिहानपख २ बजेमात्रै पाएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर आगो निभाउन सुरु गरेको थियो ।











