काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका हाँक्न आफूले अनुभवी र सक्षम मेयर उपमेयरको उत्कृष्ट टिम जनतामाझ पठाएको बताएका छन् ।
आइतबार मे दिवसको अवसरमा काठमाडौंमा आयोजित जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काठमाडौं बुझेको र विकासको अनुभव तथा भिजन भएको मेयर केशव स्थापित र महानगरको संस्कृति,सभ्यता बुझेकी भूमि पुत्री सुनिता डंगोल उपमेयरको उम्मेदवार बनाएको बताएका हुन् ।

ओलीले भने, ‘काठमाडौंका सडक चौडा बनाउने, माइतीघर मण्डल बनाउने, धोबिखाला कोरिडोर, बागमती कोरिडोर अघि बढाउने व्यक्तिलाई एमालेले अघि बढाएको छ ।’
त्यस्तै, उनले केशव स्थापित जस्ता काठमाडौं बुझेका र प्रशासन बुझेको साथै परिवर्तनको सोच र संकल्प भएको एमालेको टिममा भएको बताए । आफूले अन्य दलका उम्मेदवारबारे टिप्पणी नगर्ने भन्दै ओलीले प्रतिस्पर्धा गर्ने सबैप्रति सम्मान रहेको तर विजय एमालेको निश्चित भइसकेकाले दाबी गरे ।











