Logo
Logo

काठमाडौंमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा नं. १८, २२, २३ र २७ बाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । यसरी निर्वाचित हुनेहरुमा वडा नं. १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार छन् ।

वडा नं. १८, २२ र २७ मा नेकपा (एमाले)बाट मात्र उम्मेदवारी परेको थियो भने वडा नं. २३ बाट नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्