Logo
Logo

पर्वतमा आचारसंहिता पालनामा कडाइ


441
Shares

पर्वत । पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो । आचारसंहिता अनुगमन समिति पर्वतको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ ।

दल तथा स्वतन्त्र उमेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमवार देखिनै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए । “उल्लंघनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन् ”, उनले भने, “उल्लंघन हुन नदिन कारवाही गर्ने निर्णय गरेका छौँ ।” पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचार सामग्री बजाउने, ठूला–ठूला बोर्डहरु राख्ने तथा सवारी साधनमासमेत ठूला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ । सदरमुकाम कुस्माबजारमा उमेदवारले धेरै सवारी साधनमा प्रचार सामग्री बजाउँदा ध्वनी प्रदुषण र जनजीवनसमेत प्रभावित भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले आचारसंहित उल्लंघन नर्गन भन्दै आइतवार बजार क्षेत्रमा माइकिङ गरेको छ । सुरुमा उल्लंघनका घटना नगर्न आग्रह गरिएको र अब त्यसो गरेको पाइएमा प्रहरीले कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिवराज बुढाथोकीले बताए । आचारसंहिता विपरीत प्रयोग भएका सामाग्री प्रहरीले नियन्त्रणमा लिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्