Logo
Logo

नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत : भीम रावल


315
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी अधिकारीहरु नेपाल आउनु खतराको संकेत भएको बताएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री, उपविदेशमन्त्री, सांसदहरु, एमसीसी उपाध्यक्षपछि अब तिब्बत मामिला हेर्ने उपविदेशमन्त्री नेपाल भ्रमणमा आउन लागेका बेला नेता रावलले अमेरिकी अधिकारी नेपाल भ्रमणमा लर्को लाग्नु शंकास्पद रहेको उल्लेख गरेका छन् ।

‘एमसीसी सम्झौता अनुमोदनपछि अमेरिकी नेता र अधिकारीहरुको नेपाल भ्रमणमा लर्को लागेको छ । अब तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया आउने रे,’ उनले भनेका छन्, ‘यो, नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत होइन त ? एमसीसीको एउटा परिणाम । स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो ?’

रावलले एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएकोमा पनि आपत्ति जनाएका छन्। ‘के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? छैन,’ उनले भनेका छन्, ‘यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ। अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं ।’

प्रतिक्रिया दिनुहोस्