Logo
Logo

जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु


882
Shares

गोरखा । सिरानचोक गाउँपालिका ४ आरुबोटेस्थित फिरफिरे भिरबाट स्कारपियो जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

चितवनबाट जन्ती आएको बा १४ च ७८१ नम्बरको गाडी फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख (एसपी) केदार खनालले बताए ।

‘पार्किङ गरेर राखेको अवस्थामा गाडी गुडेर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ,’ उनले भने । तीन जनाको घटनास्थलमा मृत्यु भए पनि सनाखत नभएको उनले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालय गोरखाबाट डीएसपी लीलाराज लामिछानेसहितको थप प्रहरी टोली घटनास्थल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्