Logo
Logo

कस्तो रहला आजको मौसम ?


945
Shares

काठमाडौं । अहिले देशमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव कायमै छ । आज देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

बिहान बागमती र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

त्यस्तै, प्रदेश नं. १, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने बताइएको छ ।

यस्तै, लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा प्रदेश नं. १ र बागमती प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, प्रदेश नं. १ र मधेश प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्