Logo
Logo

आर्मी र एपीएफको जित


630
Shares

काठमाडौं । विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ जित निकालेका छन् ।

सोमवार भएको अन्तिम खेलमा एपीएफले आर्मीलाई गल्कोट स्पोर्ट्स क्लबलाई २५–१५, २१–२५, २५–१८, २५–२१ को सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो दिनको खेलमा आर्मीले गण्डकी प्रदेशलाई सेटमा हराउँदै आर्मीले लगातार दोस्रो जित निकालेको हो । आर्मीले गण्डकीमाथि २५–१९, २५–८ र २५–१८ को सेटमा जित निकालेको हो । जितसँगै आर्मीले २ खेलमा ६ अंक जोडेको छ । आर्मी शीर्ष स्थानमा छ ।

एपीएफले तीन अंक जोडेको छ । दोस्रो दिनको पुरुषतर्फ पहिलो खेलमा हेल्प नेपालले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । हेल्प नेपालले ढोरपाटनलाई २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो । जितसँगै हेल्प नेपालले ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्