Logo
Logo

आईपीएलमा कोलकातासँग राजस्थान पराजित


504
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्ससँग राजस्थान रोयल्स पराजित भएको छ ।

मुम्बईमा गए राति भएको खेलमा कोलकाताले राजस्थानलाई सात विकेटले हराएको हो । राजस्थानले दिएको एक सय ५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भट्टाएको थियो । कोलकाताका नितिश रानाले अविजित ४८ तथा रिन्कु सिंहले पनि अविजित ४२ रन जोडे । कप्तान श्रेयस एय्यर ३४ र बाबा इन्द्रजित १५ रनमा आउट भए ।

राजस्थानका प्रशिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र कुलदीप सेनले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले ५४ रनको अर्धशतकीय पारी खेले । कोलकाताका टिम साउथीले दुई विकेट लिए ।

जितसँगै कोलकाताले १० खेलमा आठ अंक जोडेको छ । कोलकाता तालिकाको सातौँ स्थानमा छ । समान खेलमा १२ अंक जोडेको राजस्थान तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्