
काठमाडौं । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कंग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि काठमाडौँ आएका छन् । उनी सोमबार भिस्तार एयरलाइन्सको विमानबाट अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । कंग्रेस आईका नेता राहुल गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् ।
उदास अमेरिकी टेलिभिजन प्रसारण संस्था सीएनएनको लागि भारतमा काम गरेकी थिइन । त्यही क्रममा सुम्निमा र राहुलबीच मित्रता भएको बताइन्छ ।
सुम्निमाका बाबू भीम उदास खाद्य तथा कृषि संगठनमा काम गर्थे । उनी यसअघि म्यानमारका लागि राजदूत पनि थिए । सुम्निमाले आज निमा मार्टिन शेर्पासँग बिबाह गर्दैछन् ।
गान्धी शुक्रबार स्वदेश फर्कनेछन् । यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।











