काठमाडौं । १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा सोमवार १८ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो ।
अर्को वर्ष दक्षिण अफ्रिकामा हुन लागेको १९ वर्षमुनिको महिला विश्व कप छनोटमा एसिया क्षेत्रबाट नेपाल, मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार छन् । शीर्ष स्थानमा रहने टोलीले सन् २०२३ मा जनवरी÷फेब्रुअरीमा हुने विश्व कप खेल्नेछन् । छनोट आउँदो जुन ४ तारिखदेखि सुरु हुनेछ ।
नेपाली टोलीमा किरण कुवंर, सोनु राजवंशी, टिका शाह, सृष्टि धामी, सावित्रा धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विक, हिरन्मायी रोय, अलिशा खडिया, कृतिका मरासिनी, मनिषा उपाध्याय, स्नेहा महरा, निशा शाह, मनिषा राना मगर, प्रतिमा शाह, ज्योत्निस्का मरासिनी र मनिषा चौधरी छन् ।














