Logo
Logo

लोडर दुर्घटनामा तीन जना चिनियाँको मृत्यु


441
Shares

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सोमवार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया– ११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको सनाखत हुनसकेको छैन ।

उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । फास्ट ट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्