Logo
Logo

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश


945
Shares

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमान केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

अभिनेता केसी यसअघि एमालेमा रहेका थिए । पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भएकाले पार्टीले उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्