Logo
Logo

अखिल (क्रान्तिकारी)ले एक बुथमा एक सय क्रान्तिकारी युवा परिचालन गर्ने


13.2k
Shares

काठमाडौं । अखिल (क्रान्तिकारी)ले स्थानीय निर्वाचनमा एक बुथमा एक सय क्रान्तिकारी युवा परिचालन गर्ने भएको छ ।

अखिल (क्रान्तिकारी)को दोस्रो पूर्ण बैठकले प्रत्येक बुथमा १०० जना क्रान्किारी युवा परिचालन गर्ने निर्णय गरेको महासचिव दिपेश पुनले जानकारी दिए ।

जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा दिन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बुथ सुरक्षासहित नेकपा (माओवादी केन्द्र) र गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउने उदेश्यले एक बुथमा एक सय क्रान्तिकारी युवा परिचालन गर्ने निर्णय गरिएको महासचिव पुनले बताए ।

बैठकले सम्बन्धित प्रदेशको पालिकाहरुको परिचालनको लागि आवश्यक समन्वय गर्ने गरि ७५३ पालिकामा निर्वाचन परिचालन कमान्डरसमेत तोकेको छ ।

यस्तो छ क्रान्तिकारीको कार्यविभाजन–

प्रतिक्रिया दिनुहोस्