Logo
Logo

भियारियललाई पराजित गर्दै लिभरपुल फाइनलमा


819
Shares

एजेन्सी । इंग्लिस फुटबल क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भियारियललाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस अघि पहिलो लेग २–० ले जितेको लिभरपुलले समग्रमा ५–२ को नतिजासँगै अन्तिम दुईको यात्रा तय गरेको हो ।

दोस्रो लेगमा लिभरपुललाई जित दिलाउन फाविन्हो, लुइस डियाज र साडियो मानेले एक–एक गोल गरे । भियारियलका लागि बौलायी डिया र फ्रानसिस्को कोकुलिनले एक–एक गोल गरे । खेलको तेस्रो मिनेटमै गोल गर्दै डियाले भियारियललाई अग्रता दिलाए ।

त्यस्तै, कोकुलिनले ४१ औँ मिनेटमा गोल गर्दै भियारियलको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफमा भने १२ मिनेटभित्रै लिभरपुलले लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

फाविन्होले ६२ औँ, डियाजले ६७ औँ र मानेले ७४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई फाइनलमा पुर्याए । लिभरपुलले अब फाइनलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्