Logo
Logo

आईपीएल क्रिकेटमा पञ्जाबसँग गुजरात पराजित


441
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा गएराति भएको खेलमा पञ्जाब किङ्सले गुजरातलाई ८ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पञ्जाबका शिखर धवनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले । भानुका राजपाक्षेले ४० र लियाम लिभिङस्टोनले अविजित ३० रन जोडे । गुजरातका मोहमद शामी र लक्की फर्गुसनले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले अविजित ६५ रनको अर्धशतकीय पारी खेले । रिद्दिमान शाहले २१ रन जोडे । पञ्जाबका कागिसो राबडाले ४ विकेट लिए । जितसँगै पञ्जाबको १० खेलमा १० अंक भएको छ ।

पञ्जाब अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । गुजरातको यो दोस्रो हार हो । गुजरात १० खेलमा ८ मा जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्