Logo
Logo

बमको हल्लाले त्रिभुवन विमानस्थलमा हंगामा, यात्रु बाहिर निकालियो


1.9k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु (बम)को हल्लाले हंगामा मच्चिएको छ ।

बुधबार बिहान अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने ठाउँमा बम राखेको भन्दै फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुलाई विमानस्थलको पार्किङ क्षेत्रमा निकालिएको छ भने अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन गरिहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी निमित्त प्रमुख डिआईजी उत्तम सुवेदीले जानकारी दिए ।

उनका अनुसार अज्ञात व्यक्तिले विमानस्थलका ड्यूटी अफिसरलाई शंकास्पद बस्तु रहेको भन्दै फोन गरेका थिए । उक्त घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको हो । केही समयका लागि आन्तरिक उडान बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्