Logo
Logo

त्रिभुवन विमानस्थलमा बम नभएको पुष्टि, विदेशबाट कसले गर्यो भ्रामक फोन ?

आन्तरिक उडानका यात्रुलाई भित्र पठाइयो


1.9k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात व्यक्तिले बम राखेको सूचना दिएपछि बन्द भएको त्रिभुवन विमानस्थल पुनः सुचारु हुँदैछ । फोन आएसँगै नेपाली सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो ।

बम राखिएको सूचनापछि नेपाली सेनाको डिस्पोजल टोलीले सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको छ ।

विदेशबाट आएको थियो भ्रामक फोन
बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालका अनुसार अज्ञात व्यक्तिले नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएका थिए ।

प्रहरीका अनुसार भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको छ । ‘डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको छ’, ढकालले भने, ‘६ ठाउँमा बम भएको भ्रामक सूचना आएपछि हामीले सेनासहितको सहयोगमा सर्च गर्दा केही पाइएन ।’ भ्रामक सूचना दिने उपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्