मकवानपुर । नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरिएको भनेर प्रचार गरिएका भिमफेदी गाँउपालिकाका देवलाल गोलेले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनकै उम्मेदवार जिताउन लागिपर्ने बताएका छन् । उनले विपक्षीले फैलाएको भ्रममा नपर्नसमेत आग्रह गरे ।

बु्धबार वक्तव्य जारी गर्दै गोलेले आफ्नो किर्ते दस्तखतसहित चुनावी प्रपोगान्डा गरिएको आरोप लगाए । उनले वक्तव्यमा भनेका छन्, ‘भिमफेदीमा रहेका एमाले उम्मेदावरले आफुलाई निर्वाचनमुखी फाइदाका लागि मेरो फोटो र किर्ते कागजातसहित विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा गलत प्रचारप्रसार भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ, यस विषयमा म खेद प्रकट गर्दछु ।’
अगाडि भनेका छन्, ‘मेरो आस्था र विश्वास बमोजिम समाजमा अग्रगामी परिवर्तन गर्न सक्ने दल नेकपा एकिकृत समाजवादी नै हो ।’
आफुले अनुशासन र आचारसंहितामा रही पार्टीको पक्षमा काम गरिरहेको र आगामी चुनावमा भिमफेदीमा प्रभाव गुम्ने त्रासले विपक्षीहरु गलत हल्ला फैलाएको उनको भनाइ छ ।












