Logo
Logo

एमालेसँग तालमेल गरेपछि कांग्रेसका उम्मेदवार पार्टीबाट निस्कासित


3.5k
Shares

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका नेपाली कांग्रेसका निवर्तमान सदस्य दीपेन्द्र विष्टलाई पार्टीबाट निष्कासित गरिएको छ । सल्यान कांग्रेसले पार्टीको नीति र विधिविपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरेको जनाएको छ ।

कांग्रेस अनुशासन समितिका संयोजक सन्तोष केसीका अनुसार पार्टीका आधिकारी उम्मेदवारविरुद्ध विष्टले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेकाले कारबाही गरिएको बताए ।

‘पार्टीविरुद्ध लागेको हुँदा विष्टसहित उनका समर्थक मानिने चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) निष्कासन गरिएको हो’ सन्तोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तीनै जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेसले बताएको छ । विष्टको समूहले नेकपा एमालेसँग तालमेल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्