विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विराटनगर आइपुगेका छन् । उनी कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन यहाँ आएका हुन् ।

कांग्रेसले आजदेखि स्थानीय चुनाव केन्द्रित सभा सुरु गरेको हो । विराटनगरबाट सुरू भएको चुनावी सभा वैशाख २७ मा डडेल्धुरा पुगेर सकिने जनाइएको छ ।
बुधबार विराटनगरमा सभापति देउवालगायत बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्माले पनि सम्बोधन गर्ने कार्यक्रम छ । विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन् ।











