कन्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा श्रीमान/श्रीमती नै चुनावी भीडन्त हुने भएको छ । दोधारा–चाँदनी नगरपालिका–७ मा श्रीमती नेपाली कांग्रेस र श्रीमान एमालेबाट वडासदस्य पदमा लड्दैछन् ।

कांग्रेसबाट कमला उपाध्याय र एमालेबाट श्रीमान सन्दीप उपाध्याय वडासदस्य पदका उम्मेदवार छन् । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
फरक पार्टी भएपनि एकापसमा सौहार्दतापूर्ण तरिकाले उपाध्याय दम्पती चुनावमा होमिएका छन् । उनीहरु चुनावी अभियानमा बिहानै घरबाट निस्किएर रातिमात्रै घरमा आइपुग्छन् ।











