Logo
Logo

कस्तो रहला आजको मौसम ?


630
Shares

काठमाडौं । अहिले देशमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

यस्तै, देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश नं. १, मधेश र बागमती प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैबीच, देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्