काठमाडौं । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग स्पष्टीकरण माग गरेको छ ।
अग्नि पीडित मुक्त कमैयाका घर बनाइ दिने मुख्यमन्त्री भट्टको भनाइमा आएका खबरमा ध्यानाकर्षण भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । मुख्यमन्त्री भट्टले अग्नि पीडित मुक्त कमैया परिवारलाई एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको खबर सार्वजनिक भएको थियो ।
आयोगले निर्वाचन आचारसंहिता–२०७८ लागू भइसकेको अवस्थामा प्रतिकूल हुने गरी कैलारी गाउँपालिका–७ विपतपुरका अग्नि पीडित मुक्त कमैया बस्ती निरीक्षणका क्रममा बोलेको सम्बन्धमा के कसो भएको हो ? भनि पत्र प्राप्त भएको समयदेखि २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।











