Logo
Logo

निर्वाचन आयोगले सोध्यो पर्यवेक्षण समिति अध्यक्ष पोखरेलसँग स्पष्टीकरण


504
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेलसँग स्पष्टीकरण सोधेको छ ।

वैशाख १९ गते टेलिभिजनमार्फत प्रकाशन/प्रसारण भएको अन्तर्वार्ताका विषयमा आयोगले अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता–२०७८ विपरीत हुनेगरी राजनीतिक दल होइन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ भनी मतदातालाई प्रभाव पार्ने, दलहरूले नियुक्त गरेको निर्वाचन आयोग र निर्वाचन आयुक्तहरू भनी संवैधानिक आयोगको गरिमामाथि नकारात्मक टिप्पणीसहितका अभिव्यक्ति दिएको देखिएको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो ।

अध्यक्ष पोखरेलले व्यक्त गरेका धारणा निर्वाचन पर्यवेक्षण समितिको आधिकारिक धारणा हुन् वा निजी अभिव्यक्ति हुन् ? २४ घण्टाभित्र आयोगमा लिखित स्पष्टीकरण पेश गर्नु भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्