Logo
Logo

रामचन्द्र पौडेलले भेटे भरतपुर प्रमुखका स्वतन्त्र उम्मेदवार जगन्नाथसँग


10.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेका छन् ।

सत्ता गठबन्धनद्वारा भरतपुरमा आज आयोजना हुने चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीचको भेटघाटका क्रममा कुराकानी भएको छ । जगन्नाथ कांग्रेसले भरतपुर महानगरको प्रमुख पाउनुपर्छ भन्ने पक्षमा उभिँदै आए पनि त्यहाँ सत्ता गठबन्धनले उक्त पदमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि उनले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आज बिहान होटल सिरागचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटासँग कुराकानी भएको रामचन्द्रनिकट स्रोतले जनाएको छ । जगन्नाथ प्रमुख पदको उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए । उनीहरू पनि कांग्रेस कार्यकर्ता थिए । कांग्रेसले आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट हटाउने निर्णय यसअघि नै गरिसकेको छ ।

आजको भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गरे पनि जगन्नाथले भने आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस जोगाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्याएका स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्