काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन आज बिहान सप्तरी गएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार निर्वाचन सुरक्षाबारे राजविराजको आइगार्डेन होटलमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुनेछन् । आज बिहान ११ बजे हुने गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी हुने जनाइएको छ ।
विराटनगरबाट बिहानै सप्तरी गएका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाअर्चना गरेका थिए । त्यसपछि उनले स्थानीय कांग्रेसका उम्मेदवार र पार्टीका कार्यकर्ताहरुसँग भेटघाट गरेका बताइएको छ ।











