फुङ्लिङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–५ मा गएराति एक घरमा आगलागी हुँदा रु. १६ लाख बराबरको क्षति भएको छ ।
स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बंगुर जलेर नष्ट भएको अग्निपीडित पराको भनाइ छ ।
स्वास्थ्य चौकीका इञ्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठा भाडामा बसेका थिए । उनीहरूको पनि केही सरसामान निकाल्न नसकेको बताइएको छ ।











