Logo
Logo

गगन थापाको प्रश्न- पाँच वर्षमा एमालेले के के गर्यो ?


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा पाँच वर्षे एमाले नेतृत्वको सरकारले के–के काम भयो भन्ने खोज्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौमा आयोजिक एक कार्यक्रममा महामन्त्री थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठूलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर्यो ? भन्ने नै नरहेको बताए ।

Gagan-Thapa

मतदाताले त्यसको उत्तर खोज्नुपर्ने बताउँदै भने, ‘काठमाडौ कति सफा, सहज, के बनाउँछु भनेको थियो ? उत्तर दिनैपर्छ ।’ उनले गएको पाँच वर्ष खेर गएको बताउँदै खेर गएको ५ वर्षको जिम्मा कसले लिने भन्ने बहस कांग्रेस वा कसै न कसैले लिनैपर्ने बताए ।

‘५ वर्ष काठमाडौ चलाउने जिम्मा एमालेले पाएको थियो । अहिले काठमाडौ महानगरपालिकाको चुनाव छ । यो चुनावमा एमाले मत माग्न आउँदै गर्दा मैले यो गरेँ त्यो गरे भनेर आएको छ ?’ उनले प्रश्न गर्दै भने, ‘५ वर्षपछि चुनावमा आउँदै गर्दा ५ वर्षअघि मेरो पार्टीलाई जिम्मा दिएका थियो, मैले यो यो गरेँ भन्नुपर्दैन ?’

प्रतिक्रिया दिनुहोस्