भरतपुर । भरतपुरमा सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभा सुरु भएको छ । सभामा सुरुमै बोल्दै नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले भरतपुरमा गठबन्धनको जित निश्चित रहेको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धन जिताउन कांग्रेस तयार भएको बताउँदै भोलीको दिनमा धोका नदिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।

उनले भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ, जे बोल्यो त्यही गर्नुहुन्छ । प्रचण्डलाई मेरो अनुरोध छ तपाईंले बोली नफेर्नुहोला ।’ उनले गठबन्धनबाट रेनु दाहाललाई जिताउन समेत सबैलाई आग्रह गरे ।
भरतपुरमात्रै नभएर चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै कांग्रेसको नेतृत्वमा बनेको संविधान एमालेले समाप्त गर्न खोजेका कारण गठबन्धन राजनीतिक आवश्यकता बनेको बताए ।











