Logo
Logo

भ्रष्टाचार शुन्य महानगर बनाउने प्रतिवद्धता


315
Shares

विराटनगर । विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शुन्य गराउने बताएका छन् ।

उनले विराटनगर–१३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग आयोजित पत्रकार सम्मेलनमा महानगरलाई भ्रष्टाचार शुन्य गराउँदै विकासमा जोड दिइने बताए ।

कोइरालाले महानगरमा गुणस्तरीय सामुदायिक विद्यालय, हरभरा, सफा सहर, जनताको पालिकामा सहज पहुँच तथा कर्मचारी भर्ती केन्द्र नबनाइने विषयलाई प्राथमिकताकासाथ लागू गर्ने जानकारी दिए ।

यसैगरी जसपाबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवले समावेशी, बाढीमुक्त सहर, स्वच्छ खानेपानी, सहज स्वास्थ्य उपचार र सुकुम्वासी समस्यामुक्त, दोश्रो ठूलो सहर निर्माणमा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले प्रदेशको स्थायी राजधानी रहेको यो सहरमा बिराट राजा दरवारको संरक्षणलगायत अन्य आकर्षण केन्द्रको निर्माण गरी पर्यटक मैत्री बनाउने विश्वास दिलाए ।

वडा नं १३ का जसपाका अध्यक्षका उम्मेदवार बालदेव यादवले सबैको सहयोगमा जनताको आवश्यक्तालाई ध्यानमा राखी कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्