Logo
Logo

गठबन्धनको जित सुनिश्चित छ : रेणु दाहाल


1.6k
Shares

काठमाडौं । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत पाँच वर्षमा गर्व गर्न लायक कामहरु गरेको दाबी गरेका छन् ।

बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो कार्यकालमा गर्व गर्न लायक कामहरु गरेको दाबी गरेका हुन् ।

कोरोनको बाजजुधका पनि आफ्नो कार्यकालमा सम्झना लायक भएकाे उनको भनाइ छ । उनले महानगरमा थुप्रै विकासका कामहरु सुरु गरेको भन्दै ति कामहरु कास्टिङ मात्रै भएको उनको भनाइ छ ।

‘पाँच वर्षमा भरतपुर महानगरवासी जनताको साझा जनप्रतिनिधिका रुपमा काम गर्ने कोशिस गरेको छु। टाउको झुकाउनु नपर्ने गरी प्रतिपक्षीको आँखामा आँखा जुधाउन सक्ने गरी काम भएको छ,’उनले भनिन्,‘भरतपुर महानगरपालिकामा कास्टिङ देखाइसकेका छौं। महानगरमा राष्ट्रिय गौरवका आयोजनालाई पूर्ण गरेर अब फिल्म देखाउने छौं।’

उनले आफ्नो पहिलो कार्यकालमा सडक निर्माण, खानेपानी, विद्युत्, स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो फड्को मारेको बताए ।

उनले अब पाँच दलीय गठबन्धबाट निर्वाचित भएर बाँकी काम सम्पन्न गर्ने बताए । निर्वाचित भएर पार्टीको लागि भन्दा पनि जनताको लागि काम गर्ने उनले बताए ।

महानगरको प्रमुखमा विजयी भए राष्ट्रिय गौरवका आयोजनाहरुलाई पूरा गर्ने भन्दै विगतमा गरेका प्रतिवद्धता पत्रभन्दा माथि उठेर सबैसँग सहकार्य गरेर सम्मृद्ध महानगरतर्फ अघि बढाएको बताए ।

उनले आफू महानगरको प्रमुखमा फेरि निर्वाचित बेरोजगारीको अन्त्य गर्न रोजगारी बैंक स्थापना गर्ने पनि बताए । त्यस्तै उनले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्