काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले केपी ओलीप्रति कटाक्ष व्यक्त गरेका छन् । सत्ता गठबन्धनले बिहीबार भरतपुरमा अयोजना गरेको चुनावी सभालाई सम्बेधन गर्दै ओलीलाई ‘आई लभ यु’ भन्नेहरुप्रति लक्षित गर्दै उनले ओलीले म्वाइ खाए पनि बिष लाग्ने बताए ।

उनले भने, ‘केपी ओलीले संविधान खान खोजे, लोकतन्त्र खान खोजे, संघीयता खान खोजे । जसकाकारण यो गठबन्धन बनाउन बाध्य भयौं । तर कतिपय युवाहरू भ्रममा छन् र भन्छन्– आइ लभ यू केपी बा, तपाईंहरूलाई थाहा हुनुपर्छ, सर्पले दूध खायो भने बिष लाग्छ। केपी ओलीले म्वाइ खाए नि बिष लाग्छ ।’
श्रेष्ठले ओलीले दुईपटक गरेको प्रतिनिधि सभा विघटनप्रति आक्रोश व्यक्त गरेका थिए । उनले भेन, ‘ओलीले दुई दुई पटक संसद विघटन गरेर जनताको संघर्षपछि पुनःस्थापित भएपछि पनि प्रतिशोधको भावनामा बन्धक राखे ।’











