Logo
Logo

ग्यास लुकाए कडा कारबाही हुन्छ : आयल निगम


189
Shares

काठमाडौं । नेपाल आयल निगमले हाल खपत भइरहेको औसत परिमाणभन्दा बढी एलपी ग्यास आयात भइरहेको दाबी गरेको छ ।

बजारमा उपभोक्ताले सहज रुपमा ग्यास नपाइरहेका बेला निगमले एक विज्ञप्ति जारी गर्दै विगतका महिनाको तुलनामा ग्यासको आयात परिमाण बढेको तथ्यांक सार्वजनिक गरेको हो ।

हाल बजारमा एलपी ग्यासको खपत मासिक करिब ४५ हजार मेट्रिक टन रहेको र अप्रिल महिनामा उद्योगीले ४७ हजार १२७ मेट्रिकटन लोड गरी ल्याएको निगमले जनाएको छ ।

चैत महिनामा एलपी ग्यास उद्योग संघले विभिन्न माग राखी बिक्री वितरणमा अवरोध गरेका कारण आपूर्ति व्यवस्था प्रभावित भए पनि हाल सहमतिपश्चात ग्यासको आयात सहज भएको निगमले दाबी गरेको छ ।

ग्यासको मूल्य बढ्ने हल्ला फिजाइ बजारमा कसैले कृत्रिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोजेको पाइएमा कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ ।

निगमले भनेको छ ‘वाणिज्य विभाग र निगमले नियमित बजार अनुगमन समेत गरिरहेको छ, अनुगमनको क्रममा केही ग्यास बिक्रेतालाई कारबाही गरिसकेको र भविष्यमा पनि कैफियत गर्नेलाई कडा कारबाही गरिनेछ ।’

साथै मागभन्दा बढी परिमाणमा ग्यासको मौज्दात नगर्न पनि निगमले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्