
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ ।
हाल प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जनाए अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै बाकी प्रदेशका पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित वर्षा भइरहेको छ ।
आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।











