
वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा विहिबार राति गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका– १ औराहामा राति करिब साढे ९ बजेतिर गोली चलेको हो ।
स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार गोली कसले र किन चलायो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । झघटनास्थलमा गोलीजस्तै फलामको टुक्रा भेटिएको छ । चामलको बोरामा प्वाल परेको रहेछ ।











