एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ ।
खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुँदैछ । गुजरात अंक तालिकाको शीर्ष स्थानमा छ भने मुम्बई पुछारमा छ । गुजरातले १० खेलमा ८ मा जितसहित १६ अंक जोडेको छ । मुम्बईले ९ खेलमा एउटा मात्रै जित निकालेको छ ।
उसको अंक दुई मात्रै छ । आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई २१ रनले हराएको थियो । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ ।
दिल्लीले १० खेलमा १० अंक जोडेको छ । समान खेलमा हैदराबाद १० अंकसहित छैटौँ स्थानमा छ ।











