Logo
Logo

२०० मेगावाट विद्युत् भारतमा बेच्न टेन्डर आह्वान


2.3k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिश्पर्धी दरमा बिक्री गर्न टेन्डर आहृवान गरेको छ । शुक्रबार टेन्डर आहृवान गर्दै प्राधिकरणले नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७सम्म बिक्री गर्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त टे्रडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरु लगायतले बिद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।

प्राधिकरणका अनुसार नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् । र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ । इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ ९४८ हजार रुपैयाँ० प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ ।

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर(मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मर्ध्यमर्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिको लिखु—४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्