Logo
Logo

स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्छु : रानाभाट


945
Shares

काठमाडौं । पाँच दलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदका उमेदवार कोपिला रानाभाटले पोखरामा रहेका अस्पतालहरुको सेवालाई गुणस्तरिय बनाईने प्रतिवद्धता जनाएकी छन् ।

पोखरा महानगरपालिका वडा नं.११ मा आयोजित चुनावी सभलाई सम्बोधन गर्दै उनले जटिल प्रकृतिका रोगहरुको उपचारका लागि काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्यका लागि पनि आफुहरुको जित आवश्यक रहेको बताईन् ।

उमेदवार रानाभाटले काँहु डाँडाको पर्यटन विकास गरि पर्यटकिय हव बनाउने पनि प्रतिवद्धता जनाईन् । पोखराको विकासका लागि आफुहरु प्रतिवद्धताका साथ आएको उल्लेख गर्दै समयको माग र आवश्यकताले बनेको पाँच दलिय गठबन्धन विकासमा सर्मपित हुने उमेदवार रानाभाटले बताईन् ।

केही प्रतिगामी र अहंकारी प्रवृतिका विरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरिएको बताउदै उनले विश्वासका साथ गठबन्धनका उमेदवारहरुलाई विजयी गराउन अपिल समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्