Logo
Logo

घरमा आगलागी हुँदा वृद्धको मृत्यु


315
Shares

पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमैको मृत्यु भएको हो । उनी घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो ।

आगोले घर पूरै जलेर नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्