Logo
Logo
गठबन्धनको चुनावी सभा

काठमाडौं महानगरलाई भ्रष्टाचार र धूलोमुक्त बनाउने सिर्जना सिंहको प्रतिवद्धता


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई धूलो र भ्रष्टाचारमुक्त गर्ने प्रतिवद्धता गरेकी छन् ।

बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार सिर्जनाले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

काठमाडौं देशकै राजधानी भएकाले ७७ जिल्लाका अलावार संसारका मानिसको नजर पर्ने भएकाले महानगर सफा हुनुपर्ने बताउँदै उनले यहाको नदीहरु सफा हुनुपर्ने र सडकहरु धूलोरहित हुनपर्नेमा जोड दिने बताइन् । ‘पहिलो कुरा म काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाउने छ’ सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘त्यसपछि सडक धुलो र दुर्गन्धरहित बनाउने छु ।’

साथै, उनले काठथमाडौं महानगरपालिकाको कामकाजलाई डिजिटलाइज गर्ने योजनासमेत सुनाइन् ।
कार्यक्रम उनले गणेशमान सिंहलाई सम्झिँदै भनिन्, ‘मेरो ससुरा गणेशमानले सुनाउनुहुन्थ्यो, यहाका खोला र नदीमा पौडी खेल्न हुन्थ्यो रे । तर अहिले फोहोरले दुर्गन्धित भएको छ । त्यसैले म महानगरको विकासका लागि रातदिन खट्नेछु । डिजिटलाइजमार्फत घरमै बसेर पनि काम गर्ने अवस्था सिर्जना गर्नेछु ।’

उनले काठमाडौं महानगरपालिकामा २४सै घण्टा व्यापार गर्ने हेतुले रातदिन बजार खुला गर्ने व्यवस्थाका लागि पहल गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्